 पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज बिहान "सैलिङ्गको राजधानी" भनिएको चीनको शान तुंग प्रान्तको छिंग ताउ शहरमा सफलताका साथ सम्पन्न भयो। त्यसपछि पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई शान तुंग प्रान्तको लिन् यी शहरमा पुर्याइएको छ।
लिन् यी शान तुंग प्रान्तको सबैभन्दा बढी जनसंख्या र ठूलो क्षेत्रफलको शहर हो। त्यहाँको इतिहास लामो छ भने संस्कृति पनि समृद्ध रहेको देखिन्छ ।
लिन् यीमा आयोजिन रिले कार्यक्रममा सहभागी प्रतिनिधिहरुले डेढ घण्टासम्म पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई घुमाउनुभएको समाचार छ ।
|