|
 श्रोताहरु, स्वीजरल्याण्डको पश्चिमी भागमा पर्ने लाउसाने शहर अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदरमूकाम भएको छ भने अन्तर्राष्ट्रिय ओलम्पिक संग्रहालय त्यहाँ भएका कारण त्यसलाई ओलम्पिकको सदरमूकाम भनिएको छ। यसै वर्षको मे महिनाको पच्चीस तारिखका दिन स्वीजरल्याण्डका विभिन्न ठाउँबाट आएका चिनियाँ मूलका विदेशी, चिनियाँ प्रवासीहरु तथा चीनका मैत्रीपूर्ण व्यक्तिहरुले यहाँ एउटा भेलाको आयोजना गरी पैचिङ ओलम्पिक खेलकुदको समर्थन गरेका छन। आजको पैचिङ 2008 कार्यक्रममा यससम्बन्धी एउटा विवरण सुन्नुहोस्।
"हुरा, स छ्वान, हुरा, ओलम्पिक, हुरा, पैचिङ.।
यो यस पटकको भेलामा सबैभन्दा बढी बोलिएको नारा हो। यस पटकको कार्यक्रमको आयोजना स्वीजरल्याण्ड-चीन मैत्री संघद्वारा गरिएको हो। यस कार्यक्रमको आयोजनाका लागि स्वीजरल्याण्डको भाउ राज्य सरकारले अनुमति दिएको छ। स्थानीय सरकारले प्रहरीको प्रयोग गरी तत्स्थानमा सामाजिक परिपाटीको संरक्षण गरेको छ। सोही दिन दिउँसो दुइ बजे अन्तर्राष्ट्रिय ओलम्पिक संग्रहालय बाहिरको बाटोमा स्वीजरल्याण्डको लाउसाने, जेनेभा, चुरिच, बासेल, फ्रिबर्ग लगायतका धेरै शहरबाट आएका चिनियाँ मूलका विदेशीहरु, चिनियाँ प्रवासीहरु, चिनियाँ विद्यार्थीहरु तथा अन्तर्राष्ट्रिय संगठनमा कार्यरत चिनियाँ कर्मचारीहरु लगायत छ सात सय मानिसहरु भेला भए। उनीहरुले चिनियाँ राष्ट्रिय झण्डा, अन्तर्राष्ट्रिय ओलम्पिक समितिको झण्डा, पैचिङ ओलम्पिक खेलकुदको झण्डा तथा स्वीजरल्याण्डको राष्ट्रिय झण्डा बोकेर अंग्रेजी भाषामा"म चीनलाई माया गर्छु" लेखिएको टी-शर्ट लगाए। चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भएको विनाशकारी भूकम्पमा परी मारिएका मानिसप्रति श्रद्धान्जली व्यक्त गर्नका लागि केही मानिसहरुले आफ्नो छातिमा रेसमी फिता लगाउनुभयो। सो भेला शुरु हुँदा सबै मानिसहरुले एक मिनेट मौन धारण गर्नुभयो। त्यसपछि सबै मानिस त्यहाँबाट तीन दशमबल पाँच किलोमिटरमा पर्ने अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदरमूकाम गए। बाटोमा हिंड्दा मानिसहरुले भावनापूर्ण रुपमा चिनियाँ भाषा, फ्रान्सेली भाषा तथा अंग्रेजी भाषामार्फत "हुरा चीन", "पैचिङको यात्रा गर्न स्वागत"लगायतका नाराहरु लगाए।

मानिसहरु अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदरमूकाम बाहिर पुग्दा यस कार्यक्रमका संयोजन संगठनका प्रतिनिधिले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाक्वीस रोगेलाई दिने खुला-पत्र पढेर सुनाए र पैचिङ ओलम्पिक खेलकुदप्रति विदेशमा बसोबास गरिरहेका चिनियाँहरुको समर्थन तथा माया व्यक्त गरे।
ओलम्पिकको सदरमूकाममा हामी पैचिङ ओलम्पिक खेलकुदको समर्थन व्यक्त गर्नचाहन्छौं। अन्तर्राष्ट्रिय ओलम्पिक समितिले व्यक्त गरे झैं, ओलम्पिक खेलकुद खेलकुदसम्बन्धी एउटा भव्य समारोह हो। त्यसलाई राजनीतिसङ्ग जोड्नुहुँदैन। ओलम्पिक खेलकुद विभिन्न संस्कृति तथा विभिन्न धर्मका मानिसहरुले समान प्रतिस्पर्धा गर्ने तथा आपसी मित्रतालाई सबल पार्ने प्रतियोगिता हुनुपर्ने ठहर हामीले गरेका छौं।

|