पैचिङ्ग ओलम्पिक खेलकुद तथा प्यारा ओलम्पिक खेलकुदको अवधिमा पैचिङ्गले देश र विदेशका पाहुनाहरुसमक्ष दुई सयभन्दा बढी उच्च गुणस्तरका सांस्कृतिक समारोह देखाउने कार्यक्रम छ। यसका अतिरिक्त, पैचिङ्ग शहरमा रहेका छब्बीसवटा ओलम्पिकसम्बन्धी सांस्कृतिक चोक पनि खुला हुनेछन्।
पैचिङ्ग शहरको संस्कृति ब्यूरोका प्रेस प्रवक्ता श्रीमती वाङ्ग चुले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, त्यति बेला विश्वका विभिन्न स्थानका एक सय भन्दा बढी कला मण्डलहरुले भाग लिने भएका छन्।
|