ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार पाएपछिका सात वर्षयता चिनियाँ सर्वसाधारणहरुको कसरत गतिबिधि तीव्र गतिले विकसित हुँदै गएको देखिन्छ। चीनको राष्ट्रिय खेलकुद ब्यूरोका उप प्रमुख फङ्ग चेन चोङ्गले आज पैचिङ्गको अन्तर्राष्ट्रिय प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।
श्री फङ्गका अनुसार, हाल चीनमा सर्वसाधारणका लागि शहर तथा ग्रामीण क्षेत्रमा प्रचलित हुने, विभिन्न किसिमको र लोकप्रिय कसरतसम्बन्धी आधारभूत प्रबन्ध तथा सेवागत प्रणालीको निर्माण पनि भएको देखिन्छ।
|