
आज चीनको शान् तोंग प्रान्तका छ्यु फू र थाइ आन्मा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न भएको छ ।
"पूर्वको पवित्र शहर" छ्यु फू चीनका प्राचीनकालका महान् विचारक कन्फ्यूसियसको जन्मथलो हो । त्यो धर्म र सांस्कृतिको मुहान पनि हो । आज बिहान आठ बजे त्यहाँ पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सुरु भएको छ। सो कार्यक्रममा एक सयजना ज्योतिवाहक सहभागी भएका छन् र रिले कार्यक्रमको लम्बाई पांच दशमलब एक किलोमिटर रहेको छ र पहिलो ज्योतिवाहक कन्फ्यूसियसका चौहत्तरौं पुस्ता तथा, छ्यु फू शहरको सांस्कृतिक विभागका कर्मचारी श्री ख्वन् फंग हुनुहुन्छ ।

छ्यु फूमा रिले कार्यक्रम सम्पन्न भएपछि बिहान साढ एघार बजेदेखि थाइ आन् शहरमा ज्योति रिले कार्यक्रम सुरु भएको छ ।
भोलिदेखि पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम शान् तोंग प्रान्तको सदरमुकाम चि नान्मा आयोजना हुने भएको पनि समाचारमा जनाईएको छ ।
|