अन्तर्राष्ट्रिय ओलिम्पिक समितिको ओलिम्पिक खेलकुद कार्यकारी प्रमुख फेल्लीले आज बोल्दै गाडीको संख्या सीमितत गरेकोले पैचिंगको वायु गुणस्तार सुधार्नका लागि धेरै सहायता पुगेको कुरा बताउनुभयो । यस कदमले ओलिम्पिक खेलकुदअवधिमा पैचिंगको वायु गुणस्तर मापदण्डमा पुग्ने कुरामा उहांको पूरा विश्वास रहेको छ ।
आज पैचिंग होटेलमा आयोजित उनान्तीसौं ओलिम्पिक खेलकुदको ओलिम्पिक परिवार होटेलको खेलसमय सुरु हुने समारोहमा उहां उपस्थित हुनुहुन्थ्यो । त्यसपछि उहांले पत्रकारसित कुराकानी गर्दै पछिल्लो समयमा पैचिंगको वायु गुणस्तरमा निकै सुधार भएकोमा आफूलाई अचम्म लागेको कुरा पनि बताउनुभयो ।
उहांका अनुसार पैचिंगबासीहरु ओलिम्पिक खेलकुदको प्रतीक्षाको वातावरणको स्पष्ट महसुस भएको छ । ओलिम्पिक खेलकुद सुरु हुन दश दिनभन्दा बढी समय बांकी रहेको छ । तर उहांले ओलिम्पिक खेलकुद आइसकेजस्तो वातावरण भएको कुरा उल्लेख गर्नुभयो ।
|