जन दैनिक नामक समाचार पत्रले आज एउटा लेख प्रकाशित गरी पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षा संरक्षणबारे कपोकल्पित आलोचना लगाउनुहुँदैन भन्ने कुरा उल्लेख गरेको छ।
सो लेखका लेखक छन चाउले यथेन्स ओलम्पिक खेलकुदका अवधिमा उहाँले आफ्नै आँखाले बन्दोबस्त गरिएको क्षेप्यास्त्र र भू-मध्य सागरमा गश्ती गरेको नेटोको जहाज देख्नुभएको छ भन्दै यसको कुनै पनि व्यक्तिले विरोध नगरी बरु ठूलो प्रशंसा गरेको कुरा औंल्याउनुभएको छ। तर चीनमा आयोजित ओलम्पिक खेलकुदको सुरक्षा संरक्षणलाई त्यससित सम्बन्धित नरहने राजनैतिक समस्यासँग जोडिएको कुरा पनि उहाँले बताउनुभएको छ।
लेखक छन चाउले धेरै चोटी ओलम्पिक खेलकुदको समाचार संकलन गर्नुभएको छ। यस क्रममा आफैंले प्राप्त गर्नुभएको अनुभवबाट सुरक्षाको संरक्षणमा महत्व दिनुपर्छ भन्ने कुरा प्रतिबिम्ति भएको छ भन्दै श्री छन चाउले अन्तर्राष्ट्रिय ओलम्पिक समिति र यसको संयोजन मुलुकको सरकारले सुरक्षाको संरक्षणलाई सबैभन्दा महत्वपूर्ण स्थानमा राखेको कुरा प्रकट गर्नुभएको छ।
|