
राजधानीको वृक्षारोपण समितिका उपप्रमुख एवम् प्रवक्ता श्रीमती वांग सु मैले पैचिंगमा वनले ढाकिएको दर सन् 2000मा 36 प्रतिशतबाट बढेर हाल 43प्रतिशतमा आएर ओलम्पिक खेलकुद निवेदन गर्दा दिइएको वचनबद्धतालाई पूर्णरुपमा साकार तुल्याएको कुरा बताउनुभयो। उहाँले आज पैचिंगमा अन्तर्राष्ट्रिय समाचार केन्द्रद्बारा आयोजित हरियो ओलम्पिक खेलकुदसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।
यसका अतिरिक्त, फोहोर पानीको प्रशोधनतर्फ पनि सन् 2000देखि यत्ता पैचिंगमा नौ वटा ठूलो ढाँचे फोहोर पानीको प्रशोधन गर्ने कारखाना निर्माण भएको छ। फोहोर पानीको प्रशोधन दर 92 प्रतिशत पुगेको छ। यसका साथै पानीको किफायत र पुनःउत्पादित पानीको प्रयोगका क्षेत्रमा पनि स्पष्ट प्रगति हासिल गरिएको छ।
|