
पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागि चिनियाँ खेलकुद प्रतिनिधि मण्डल गठन समारोह आज पैचिङ्गमा आयोजना गरियो। चीनको राज्य परिषदका सदस्य लीउ यान तुंगले सो समारोहमा भाग लिनुभएको थियो।

चिनियाँ खेलकुद प्रतिनिधि मण्डलका जम्मा एक हजार उनान्सय जना प्रतिनिधिहरुमा खेलाडीहरुको संख्या छ सय उनान्चालिस रहेको छ। तिनीहरुले ओलम्पिक खेलकुदका जम्मा अठाईस किसिमको प्रतियोगितामा भाग लिने कार्यक्रम छ।

चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एबँ चीनको राष्ट्रिय खेलकुद व्यूरोका प्रमुख लीउ फंगले पैचिङ्ग ओलम्पिक खेलकुदका लागि चीनको खेलकुद क्षेत्रले गत धेरै वर्षदेखि यता तयार गर्दै आएको छ भन्दै प्रतियोगिताभित्र र बाहिर सक्दो प्रयास गर्ने प्रतिबद्धता दिनुभएको छ।

|