चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महा सचिव एवम चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङ्गमा बोल्दै ओलम्पिक खेलकुदका विभिन्न तैयारी कार्य राम्रोसँग गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले एउटा विशेषतायुक्त र उच्च स्तरीय ओलम्पिक खेलकुदको आयोजना गर्न र अन्तर्राष्ट्रिय समुदायसमक्ष चीनले दिएको वचन-बद्धतालाई व्यवहारमा उतार्नका लागि प्रयास गर्न पनि आव्हान गर्नुभएको छ।
श्री हु चिन थाउले आजै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक ब्यूरोद्बारा आयोजित ओलम्पिक खेलकुदसम्बन्धी अनुसन्धान गोष्ठीमा उक्त कुरा औंल्याउनुभएको हो।
प्यारा ओलम्पिक खेलकुदका विभिन्न तैयारी कार्यलाई पनि व्यावहारिक रुपमा निश्चित पार्नुपर्ने कुरा पनि श्री हुले औंल्याउनुभएको छ।
|