चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता लिउ चिन छाउले 28 तारिखका दिन पैचिङमा पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिँदै चीनले अमेरिकाका राष्ट्रपतिका उमेदवार जोन्स एस. मकेनको दलाइसंगको भेट घाटमाथि गम्भीर चासो दिएको कुरा बताउनुभयो।
श्री लिउ चिन छाउले तिब्बत मामिला चीनको अन्तरिक मामिला भएको कुरामा जोड दिनुका साथै चीनले तिब्बतका दलाइ गुटको पृथकतावादी गतिविधिहरु र कुनै पनि सँगठनले चीनको आन्तरिक मामिलाहरुमाथि हस्तक्षेप गर्ने कुराका कडा निन्दा व्यक्त गर्नुभयो। उहाँले यो अडान सधैँ रहिरहने कुरा पनि व्यक्त गर्नुभयो।
|