china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन भ्रमणबाट फर्किएको नेपाली युवा प्रतिनिधिमण्डलसँग नेपालका लागि चिनियाँ राजदुत च सियाङ्ग लिनले छलफल गर्नुभएको छ
    (GMT+08:00) 2008-07-28 18:08:29    

          आज साँझ चिनियाँ दुतावासमा गत हप्ता चीन भ्रमणबाट फर्किएका नेपाली युवा प्रतिनिधिमण्डलले चिनियाँ राजदुत च सियाङ्ग लिनसँग भेट गरेका छन्। सो अवसरमा नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका पदाधिकारी तथा मुख्य राजनीतिक दलका युवा संगठनका पदाधिकारीहरु संलग्न हुनुहुन्थ्यो।

          चिनियाँ राजदुत सियाङ्ग लिनलाई नेपाली युवाहरुले चीन भ्रमणको अनुभव बताउँदै आफुहरु चीनको विकास, राजनीतिक प्रणाली तथा दीर्घकालीन योजनाबाट अत्यन्त प्रभावित रहेको बताए। चीन भ्रमणबाट फर्किएका युवा नेताहरुको स्वागतमा राजदुत सियाङ्ग लिनले आज साँझ दुताबासमा रात्रिभोजको आयोजना पनि गर्नुभएको थियो। यही जुलाई 11 तारिखदेखि 18 तारिखसम्म नेपाली युवा प्रतिनिधि मण्डल चीन भ्रमणमा गएको थियो।

          नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनको संयोजन तथा अल चाइना युथ फेडेरेसनको निमन्त्रणामा दसजना नेपाली युवाहरु चीन भ्रमण गएका थिए। एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेलले चीन भ्रमणको प्रतिवेदन चिनियाँ राजदुतसँग राख्तै भ्रमण अत्यन्त फलदायी र सफल रहेको बताउनुभयो। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादीको युवा संगठन वाइसिएलका अध्यक्ष गणेशमान पुनले नेपाल र चीनबीचमा युवा आदानप्रदानलाई बढाउनु पर्नेकुरामा जोड दिँदै नेपाली युवाहरुको सक्रियताले नेपालको भुमि प्रयोग गरेर भइरहेको चीन बिरोधी गतिविधिलाई कम गर्न सकिने कुरामा जोड दिनु भयो।

          नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिव पुष्प पराजुलीले आफुले पहिलो चोटि चीन भ्रमण गर्न पाएको बताउँदै भ्रमण अवसरमा चिनियाँ दुतावास गरेका सयहोग तथा अल चाइना युथ फेडेरेसनले भ्रमण व्यवस्थापनले गर्दा भ्रमण अत्यन्त सफल भएको बताउनुभयो। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन प्ररायुसंघका सचिव हस्त पण्डितले दुवै देशका युवाहरु मिलेर अगाडि गएमा दुवै देशमा पर्ने समस्याहरुमा एकाकार भएर जान सकिने कुरामा जोड दिनुभयो।

          चिनियाँ राजदुत सियाङ्ग लिनले चीनको विकास र प्रगतिको प्रत्यक्ष अवलोकन गरी त्यसको प्रशंसा गरेकोमा नेपाली युवाहरुलाई धन्यवाद दिँदै यस्ता गतिविधिलाई कायम राख्न पनि आग्रह गर्नुभयो ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040