 मानिसहरु अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदरमूकाम बाहिर पुग्दा यस कार्यक्रमका संयोजन संगठनका प्रतिनिधिले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाक्वीस रोगेलाई दिने खुला-पत्र पढेर सुनाए र पैचिङ ओलम्पिक खेलकुदप्रति विदेशमा बसोबास गरिरहेका चिनियाँहरुको समर्थन तथा माया व्यक्त गरे।
ओलम्पिकको सदरमूकाममा हामी पैचिङ ओलम्पिक खेलकुदको समर्थन व्यक्त गर्नचाहन्छौं। अन्तर्राष्ट्रिय ओलम्पिक समितिले व्यक्त गरे झैं, ओलम्पिक खेलकुद खेलकुदसम्बन्धी एउटा भव्य समारोह हो। त्यसलाई राजनीतिसङ्ग जोड्नुहुँदैन। ओलम्पिक खेलकुद विभिन्न संस्कृति तथा विभिन्न धर्मका मानिसहरुले समान प्रतिस्पर्धा गर्ने तथा आपसी मित्रतालाई सबल पार्ने प्रतियोगिता हुनुपर्ने ठहर हामीले गरेका छौं।
स्वीजरल्याण्डको भाउ राज्य र चीनको पल्लो शान सि प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भएको छ। भाउ राज्य-पल्लो शान सि प्रान्त संघका अध्यक्ष रेनी पफिफरले पनि यस पटकको कार्यक्रममा भाग लिनुभयो। उहाँले भन्नुभयो,

चीनले छिट्टै पैचिङ ओलम्पिक खेलकुदको आयोजना गर्नलागेको छ। हामीलाई चिनियाँ जनता जस्तै खुसी लागेको छ। चीन एउटा महान मुलुक हो र त्यसको पाँच हजार वर्षको इतिहास छ। पैचिङ ओलम्पिक खेलकुद अवश्य नै सफल हुने आशा मैले गरेको छु। यसका साथै म चीनको स छ्वान प्रान्तमा गएको भूकम्पमा परी मारिएका मानिसका आफन्तहरुप्रति सांत्वना तथा सहानुभुति व्यक्त गर्नचाहन्छु।
छिट्टै आयोजना हुनलागेको पैचिङ ओलम्पिक खेलकुदको सफलताका लागि स्वीजरल्याण्डमा बसोबास गर्ने चिनियाँहरुले शुभकामना व्यक्त गरेका छन। वाणिज्य क्षेत्रका चिनियाँ प्रतिनिधि मु शु फिंगले भन्नुभयो,
हामी चिनियाँ हौं। मातृ-भूमिको उत्थान अथवा ह्रासको अवस्थाका लागि हामीले जिम्मेवारी वहन गर्नुपर्छ। सन् 2001 मा चीनले सफलताका साथ ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार पाएदेखि यता हरेक चिनियाँ पैचिङ ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना गर्ने प्रतिक्षामा छ। बितेका केही वर्षदेखियता हामीले चीनको विकास देखेका छौं र विश्वले पनि देखेको छ।

स्वीजरल्याण्डको प्रसिद्ध विश्वविद्यालय इ.पी.एफ.एलका विद्यार्थी तुंग च चुंगले ओलम्पिक खेलकुदको पवित्र जिम्मेवारी त्यसले समस्त विश्वका मानिसहरुलाई एकिकृत पार्नु हो भन्ने ठहर व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
एउटै विश्व, एउटै सपना। हामीले एक-अर्कालाई सहयोग एवम् माया गर्नुपर्छ। मरो विचारमा, चीनलाई विश्व चाहिएको छ भने विश्वलाई पनि चीन चाहिएको छ। हामीले हातमा हात मिलाएमा विश्वको भविष्य अवश्य नै अझ उज्ज्वल हुनेछ।
|