china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध स्थापना भएको त्रिपन्नौ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना हुने भएको छ।
    (GMT+08:00) 2008-07-29 16:19:53    

          नेपाली र चीनबीचमा सन् 1955 अगष्ट 1 तारिखमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि हरेक वर्ष अगष्ट 1 तारिखलाई दुई देशबीचको सम्बन्धमा विशेष महत्वका साथ लिएर उत्सवका रुपमा मनाइने गरिन्छ।

              आगामी अगष्ट 1 तारिख नेपाल र चीनबीचमा कुटनीतिक सम्बन्ध स्थापना भएको त्रिपन्नौँ वर्षगाँठ हो। यस अवसरमा काठमाडौँमा एक भव्य कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाल र चीनबीचको मैत्री सम्बन्धमा कार्यरत संघसंस्थाहरु मिलेर संयुक्त रुपमा आयोजना गर्न लागेको यस कार्यक्रममा तीन सयभन्दा बढी पाहुनाहरुको उपस्थिति रहने छ।

              चीन अध्ययन केन्द्र, अरनिको समाज, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसन, नेपाली चीन समाज जस्ता संघसंस्थाहरु मिलेर आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपालका प्रथम राष्ट्र ति डा. रामवरण यादवलाई प्रमुख अतिथिको रुपमा बोलाइएको आयोजकमध्येको एक संस्था नेपाल चाइना फ्रण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई बताउनुभयो।

              अध्यक्ष पौडेलका अनुसार दरवारमार्गको अन्नपुर्ण होटलमा रात्रिभोजको आयोजना गरी मनाइने सो कार्यक्रममा सरकारका प्रमुख, संविधानसभाका अध्यक्ष तथा वरिष्ठ राजनीतिक नेताहरुको उपस्थिति रहनेछ। हरेक राजनीतिक पार्टीका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलाई पनि सो वाषिकोत्सवमा निमन्त्रणा गरिएको छ। कार्यक्रमा नेपालका लागि चिनियाँ राजदुत च सियाङ्ग लनको विशेष अतिथिको रुपमा उपस्थित रहनु हुने छ भने दुताबासका अन्य अधिकारीहरुको पनि उपस्थिति रहनेछ। त्यसैगरी काठमाडौँस्थित विभिन्न कुटनीतिक नियोगका प्रमुखहरु तथा विभिन्न अन्तर्राष्ट्रिय मिसनका प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ। कार्यक्रममा राष्ट्रि तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुको पनि उपस्थिति रहने कुरा पौडेलले जानकारी गराउनु भयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040