
आज बाह्र बजेर पन्ध्र मिनेटमा पैचिंग ओलम्पिक खेलकुद पवित्र ज्योति रिले कार्यक्रम ह बै प्रान्तको सदरमुकाम श च्या चुआङ्ग शहरमा सम्पन्न भयो ।

आजको रिले कार्यक्रम सी बाई भो स्मृति भवन चोकअगाडि शुरु भएको थियो । श च्या चुआङ्गमा आयोजित 9.3 किलोमिटरको दूरीमा भएको उक्त रिले कार्यक्रममा एक सय अठासी जना ज्योति वाहकहरुले भाग लिएका थिए।
आजदेखि एकतीस् तारिखसम्म ज्योति रिले कार्यक्रम श च्या चुआङ्ग, छिन व्हाङ्ग ताउ र थाङ्ग शानमा आयोजना हुने पनि समाचारमा जनाईएको छ।
|