दश दिनपछि पैचिङ ओलम्पिक खेलकुद शुरु हुनेछ। चीनको सरकारी समाचार-पत्र "जन दैनिक समाचार-पत्र"ले आज एउटा लेख प्रकाशित गर्दै हरित ओलम्पिक, बैज्ञानिक ओलम्पिक तथा मानवीय ओलम्पिक भन्ने अवधारणाले पैचिङ ओलम्पिक खेलकुदको बयान गरेको कुरा जनाएको छ।
यस लेखका अनुसार, उक्त तीन अवधारणा ओलम्पिक खेलको लक्ष्य "शान्ति, मित्रता, प्रगति" अनुकूल रहेको छ। जसले वर्तमान युगको विकासको मांग पूरा गरेको छ। यी तीन अवधारणा प्रस्तुत गरिएको कुरा चीनको सुधार तथा खुलापनको नीतिलाई व्यवहारमा उतारिएको तीस वर्षको उचित छनौट हो । तीन अवधारणाको नेतृत्वमा ओलम्पिक खेलकुदको आयोजना भएको सात वर्षदेखि यता चिनियाँ जनताको जीवनमा ठूलो सुधार भएको बताइएको छ।
|