पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा विश्वका विभिन्न मुलुक र क्षेत्रबाट आउने खेलाडीलाई एउटा निष्पक्ष वातावरणको सिर्जना गर्ने उद्देश्यले चीनले उत्तेजित पार्ने लागुपदार्थको विरोध गर्न अनेकौं कदम चालेको छ।

चीनको राष्ट्रिय खेलकुद व्यूरोको विज्ञान तथा शिक्षा विभागका प्रमुख च्यांग च स्वेले आज पैचिङ्गमा आयोजना गरिएको एउटा पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार चीनले उत्तेजित पार्ने कुनै पनि प्रकारको लागुपदार्थको विरोध गर्न चीनले सक्रियताका साथ प्रचार-प्रसार गर्नुका साथै खेलाडीलाई उत्तेजित पार्ने कुनै पनि प्रकारको लागुपदार्थ विरोधी गतिविधिमा लाग्न अठोट गराएर उत्तेजित पदार्थ विरोधी प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ।
|