नेपालीहरुले चिनियाँ चिकित्सा पद्धत्तिलाई प्रयोगमा ल्याइरहेको कुरा नुवाकोट जिल्ला आयुर्वेदिक अस्पतालमा कार्यरत डा. राजेन्द्र गिरीले बताउनुभएको छ। चीनमा तीनमहिनाको परम्परागत चिनियाँ चिकित्सा पद्धत्तिको अध्ययन अवलोकनपछि नेपाल फर्कनु भएका डा. गिरीले सि.आर.आई.सँग कुरा गर्दै भन्नुभयो "नेपालमा पनि चिनियाँ चिकित्सा पद्धत्ति लोकप्रिय रहेको छ।" नेपालको उत्तरी सीमा चीनको तिब्बतसँग जोडिएको र त्यहाँ अथाह जडीबुटी रहेको बताउँदै डा. गिरीले समान भौगोलिक बनावटले पनि दुवै देशमा समान जडीबुटी पाउन सकिने अवस्था रहेको बताउनुभयो।
चिनियाँ चिकित्सा पद्धति चिकित्सा विश्वको सबैभन्दा पुरानो मानिन्छ। नेपालमा पनि चिनियाँ चिकित्सा पद्धत्ति प्राचीनकालदेखि नै प्रयोग हुँदै आएको र यसले नेपालीहरूको स्वास्थ्य रक्षा र रोग उपचार गर्न मद्दत पुगिररहेको उहाँले बताउनुभयो। डा. गिरीका अनुसार चिनियाँ चिकित्सा पद्धति चिकित्सा क्षेत्रत्रसँगै प्रत्येक नेपालीको प्रारम्भिक सभ्यतास"ग पनि जोडिएको छ। नेपालको स्वास्थ्य तथ्याÍ अनुसार 60 प्रतिशतभन्दा बढी जनसंख्याले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनियाँ चिकित्सा पद्धत्तिलाई अँगाल्दै आएका छन्। तीन सय एकसठ्ठी वर्ष परानो औषधी निर्माण कम्पनी सिंहदरवार बैद्यखाना, 91 वर्ष पुरानो आयर्वेद चिकित्सालय र 78 बर्ष पुरानो आयुर्वेद क्याम्पस जस्ता संस्थाहरुले यस पद्धत्तिलाई अवलम्वन गरेका छन्।
हिमाली जडीबुटीहरुमा कुनै रासायनिक तत्व नहुने, खाद्य एवं औषधिको दृष्टिकोणले पाश्र्व प्रभाव नहुने हु"दा संसारभर यसको माग बढ्दै गएको छ। नेपालमा थुप्रै जडीबुटी प्रयोगमा आएको भए पनि यसम्बन्धी कुनै व्यवस्थित कार्यक्रम नरहेको डा. गिरीले औंल्याउनुभयो। डा. गिरीका अनुसार चीनमा जस्तै जडीबुटी संरक्षणको लागि तथ्यांक संकलन, एवं मोनोग्राफहरू विकसित गरी वैज्ञानिक प्रणालीको विकास गर्नु अनिवार्य छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|