पैचिङ्गले ओलम्पिक खेलकुद-रंगशालाको निर्माण गर्नुका साथै पूरातात्विक वस्तुको संरक्षणमा पनि ठूलो महत्व दिएको छ। यस क्रममा एउटा पूरातात्विक वस्तुको संरक्षणका लागि राष्ट्रिय पौडी केन्द्रलाई उत्तरतर्फ एक सय मिटर सरिएको थियो।

पैचिङ्गको पूरातात्विक वस्तु व्यूरोका प्रमुख खुंग फान चले आज पैचिङ्गमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार सन 1990 अघि पैचिङ्गले पूरातात्विक वस्तुको संरक्षणमा पठाउने वार्षिक खर्च दश लाख चिनियाँ युआन मात्र थियो । तर सन 2000 पछि पैचिङ्गको स्थानीय सरकारले पूरातात्विक वस्तुको संरक्षणमा हरेक वर्ष एघार करोड चिनियाँ बराबरको रकम पठाउने गरेको छ।
|