अन्तर्राष्ट्रिय ओलम्पिक समितिका वरिष्ठ सदस्य तथा पैचिङ्ग ओलम्पिक खेलकुदको सामञ्जस्य समितिका सदस्य रिचार्ड केभान गोस्पेरले आज पैचिङ्गमा हाम्रा सम्वाददातासँग कुराकानी गर्दै पैचिङ्ग ओलम्पिक खेलकुदको सफलताबारे दृढ विश्वास व्यक्त गर्नुभएको छ।
श्री गोस्पेरले ओलम्पिक खेलकुद तयार गर्न गत सात वर्षयता पैचिङ्गले गर्दै आएको प्रयासको अनुभव भएको बताउनुभएको छ। विभिन्न खेलका संघ र विभिन्न देशका ओलम्पिक समितिको प्रतिवेदनबमोजिम् ओलम्पिक खेलकुदका लागि पैचिङ्गले सबै तयारी पूरा गरिसकेको छ भन्दै श्री गोस्पेरले आफू पैचिङ्गमा रहँदा यहाँको यातायातप्रणाली, मुख्य सूचना केन्द्र र अन्तर्राष्ट्रिय रेडियो सूचना केन्द्रको सञ्चालन निकै राम्रो रहेको कुरा देखेको बताउनुभयो ।
यसअघि पैचिङ्गको वातावरण संरक्षण व्यूरोका उप-प्रमुख तु शाउ चुंगले पैचिङ्गमा वायु गुणस्तरको वास्तविक अवस्था र ऋतुको कारणले अन्तर्राष्ट्रिय नियम तथा खेलको आवश्यकताबमोजिम पैचिङ्गले वायुको गुणस्तर त्यति नराम्रो भए अझ प्रभावकारी कदम चाल्ने सम्भावना रहेको कुरा औंल्याउनुभएको छ।
|