china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालबाट अनधिकृत रुपमा चीनको तिब्बत प्रवेश गर्न खोज्ने तीस व्यक्तिलाई नेपाल सरकारले प्रक्राउ गरेको छ
    (GMT+08:00) 2008-07-31 14:57:30    

          नेपालबाट लुकीछिपी चीनको स्वायत्त प्रदेश तिब्बत प्रवेश गर्न खोज्ने तीसजना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। तिब्बत प्रवेश गरेर शान्ति भाँड्‍न खोज्ने उनीहरुको नियम बुझिएको तथा उनीहरुको पासबाट कथित स्वतन्त्र तिब्बतको झण्डा र व्यानरहरु समेत वरामत भएको प्रहरीले बताएको छ।

              काठमाडौँबाट चोर बाटो हुँदै तातोपानी नाका भएर चीनको तिब्बत प्रवेश गर्न लागेका उनीहरुलाई गत सोमाबार बिहान सिन्धुपाल्चोकको जलबिरेबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा 20 जना पुरुष र 10 जना महिलाहरु रहेको कुरा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक दधिराम न्यौपानेलाई उद्धृत गर्दै पत्रपत्रिकाहरुले समाचार प्रकाशन गरेका छन्।

              गत मार्च महिलामा चीनको स्वायत्त प्रदेश तिब्बतमा दलाई गुटका केही व्यक्तिहरुले हत्याहिंसा तथा लुटपाट गरेका थिए। सोही प्रकृतिका लुटपाट तथा चीनको तिब्बतमा स्थापित शान्ति तथा अमनचयनलाई भाँड्‍नका लागि उनीहरु अनधिकृत रुपमा तिब्बत प्रवेश गर्न लागेको पाइएको प्रहरीले बताएको छ।

              नेपालको भुमि प्रयोग गरी चीन विरोधी गतिविधि हुन नदिन तथा त्यस्ता गतिविधिमा लागेकाहरुलाई कारवाही गर्न नेपाल सरकारले सक्रियता देखाएको छ। चीन बिरोधी गतिविधिमा लागेका व्यक्तिहरुमा यति धेरै संख्यामा पक्राउ परेको यो दोस्रो पटक हो। यसअघि गत असार 17 गते कथित तिब्बती झण्डा लिएर हिडिँरहेका 42 जना व्यक्तिहरुलाई नेपाल सरकारले अरनिको राजमार्गको डाकला पक्राउ गरेको थियो।

             काठमाडौँको साँखु मेलम्चीको बाटो हुँदै अवैधरुपमा जलबिरेबाट सीमा क्षेत्रको लिस्ती गाविस प्रवेश गर्ने क्रममा ती तीसजना व्यक्तिहरु पक्राउ परेका हुन्। पक्राउ परेको व्यक्तिलाई काठमाडौँ ल्याएर कारवाही गरिने कुरा प्रहरी निरीक्षक न्यौपानेले बताउनुभएको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040