पैचिंग ओलम्पिक खेलकुद समिति अन्तर्गत खेलकुद सेवा विभागका उप प्रमुख ताई चेन कोले पैचिंग ओलम्पिक खेलकुदमा चिकित्साको प्रत्याभूति सेवा शुरु भएको कुरा बताउनुभयो।
श्री ताई चेन कोले आज पैचिंग ओलम्पिक खेलकुदको समाचार केन्द्रद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
थाहा भए अनुसार, पैचिंग ओलम्पिक खेलकुदको बेलामा पैचिंगमा रहेको विभिन्न रङ्गशालाहरु, अभ्यास रङ्गशालाहरुमा 157 वटा चिकित्सा स्थलहरु राखिने र तीन हजार जनाभन्दा बढी स्वस्थ्य कर्मी स्वयँ सेवकहरुले त्यहाँ सेवा प्रदान गर्नुहुने छ।
|