विगत केही दिनदेखि यता, अन्तर्राष्ट्रिय समाजले पैचिंग ओलम्पिक खेलकुद राम्रोसँग आयोजना गर्नका लागि चीनले गरेको प्रयासको उच्च मूल्यांकन गर्नुका साथै पैचिंग ओलम्पिक खेलकुद सफलताका साथ आयोजना हुने कुरामा चासो लिएको छ।
भियतनामका राष्ट्रपतिले हालै हनोइमा भियतनामले पैचिंग ओलम्पिक खेलकुदको समर्थन गरेको कुरा बताउनुभयो। यसका साथै उहाँले ओलम्पिक खेलकुदले शान्ति र एकताको सृजनशील भावना देखाउनुक साथै विश्वको विभिन्न मुलुकका जनताले आदान-प्रदानलाई विस्तार गर्न र मित्रता तथा सहयोगलाई बढाउनका लागि अवसर प्रदान गरेको कुरा बताउनुभयो।
इन्डोनेशियाका राष्ट्रपति शुशिलो बाम्बाङ यूघोयोनोले पैचिंग ओलम्पिक खेलकुदमा सहभागी हुनुहुने खेलाडीहरुसँग भेट-घाट गर्दै उहाँले पैचिंग ओलम्पिक खेलकुद सफलताका साथ आयोजना हुने कुरामा चासो लिएको कुरा बताउनुभयो।
क्युबाको ल्याटिन अमेरिकन सूचना एजेन्सीद्बारा प्रकाशित गरिएको एउटा लेखमा, चिनियाँ जनताको समर्थनमा चीन सरकारले अन्तर्राष्ट्रिय समाजलाई गरेको वचन-बद्धतालाई व्यवहारमा उतारेको उल्लेख गरिएको छ।
|