चीनको रक्षा मन्त्रालय तथा पैचिङ्ग अन्तर्राष्ट्रिय प्रेस केन्द्रले आज विहान एउटा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन। उक्त पत्रकार सम्मेलनमा पैचिङ्ग ओलम्पिक खेलकूदको सुरक्षा निर्देशन केन्द्र अन्तर्गत सैनिक कार्य विभागका प्रमुख थ्येन यी स्याङले ओलम्पिक खेलकूदको सुरक्षा कार्य सम्बन्धी चिनियाँ सेनाका सात वटा कार्यभारबारे विस्तृत रुपमा जानकारी दिनुभएको छ।
उहाँका अनुसार, ती सात वटा कार्यभारमाः- पैचिङ्ग शहर तथा पैचिङ्ग बाहेकका प्रतियोगिता क्षेत्रको हवाइ सुरक्षा तथा उडानको व्यवस्थापन तथा नियन्त्रण, प्रतियोगिताको आयोजना हुने समुद्री क्षेत्रको बाहिरी लाइनको सुरक्षा, सार्वजनिक विभागलाई सहयोग गरी आतंकबादी गतिविधिको सामना गर्नु, जासूसी सूचनाको सहायता लिनु र दिनु,खतरमा उद्धार गर्ने, चिकित्सा क्षेत्रमा उद्धार गर्ने तथा हेलिकप्टरद्बारा ढुवानी गर्ने काम मिलाउनु, ओलम्पिकको अवधिमा सिमाको व्यवस्थापनलाई सबल पारी सिमा क्षेत्रको सुरक्षालाई सबल पार्नु एवम् ओलम्पिक खेलकूदको सुरक्षा सम्बन्धी माँग वमोजिम अन्य कार्यभारलाई पूरा गर्नु।
उहाँका अनुसार, चिनियाँ जन मुक्ति सेनाको नौ सेना तथा जल एवम् वायु सेनाका लगभग तीन लाख चालिस हजार जनाले उक्त काममा प्रत्यक्ष रुपमा भाग लिने छन।
|