
आज विहान चीनको उत्तरी भागको थ्येन चिन शहरमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।


उक्त रिले कार्यक्रम कूल पच्चीस किलोमिटरको दूरी रहेको थियो । त्यसमा जम्मा गरी दुइ सय पच्चीस जना ज्योति वाहकहरुले भाग लिएका थिए।


भोली अर्थात अगष्ट तीनदेखि पाँच तारिखसम्म पवित्र ज्योति रिले कार्यक्रम चीनको दक्षिण-पश्चिमी भागको स छुआन प्रान्तका कुआन आन, लशान तथा छङ तु यी तीनटा शहरमा आयोजना हुने भएको छ।

|