अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष जाक्गुएस रोग्गेले हालै छापिएको " ओलम्पिक खेलकुद प्रतियोगिता र संस्कृति" नाउँको विशेषाँकमा लेख्नुभएको चिनारीमा के कुरा व्यक्त गर्नुभएको छ भने सन् 2008को ओलम्पिक खेलकुद प्रतियोगिता चाहिं उच्च स्तरीय खेलकुद प्रतियोगिताको समारोह हुने मात्र नभई चिनियाँ जनता र विश्वका जनताका बीचमा सांस्कृतिक आदान-प्रदान गर्ने चौतारो पनि हुनेछ भन्न कुरा बताउनुभएको छ।
श्री रोग्गे बाहेक अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका भूतपूर्व अध्यक्ष सामारान्चले पनि त्यस विशेषाँकका लागि एउटा चिनारी लेख्नुभएको छ। उहाँको लेखाईमा चीन भनेको लामो इतिहास र अगाध संस्कृति भएको मुलुक हो र त्यसले सधैं नै विश्वका लागि अनेकौं अचम्म लाग्दा कुराहरु देखाउँदै आएको छ।
|