पैचिङ्ग नगरको विकास र सुधार समितिका उप प्रमुख लु यिङ्ग ठुआनले आज दुई तारिखका दिन बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएपछि पैचिङ्गको अर्थतन्त्रमा ठूलो मात्रामा उतार-चढाउको अवस्था उत्पन्न नहुने बताउनुभएको छ।
पैचिङ्ग नगरको अन्तर्राष्ट्रिय प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको तयारी कार्यले पैचिङ्ग नगरको आर्थिक विकासमा गतिशीलता ल्याउनुका साथै पैचिङ्ग नगरका विभिन्न किसिमका सामाजिक कार्यहरुको विकासलाई अघि सार्दै आउने कुरा पनि व्यक्त गर्नुभएको छ। उहाँको भनाइ अनुसार ओलम्पिक खेलकुद प्रतियोगिताको तयारीका अवधि अर्थात गत सात वर्षभित्र पैचिङ्ग नगरको रोजगारीहरुको संख्या साठी लाखबाट बढेर चौरान्नब्बे लाखभन्दा बढी पुगेको छ। रोजगारी सम्बन्धी सहायता, नगर-बस्तिका नागरिकहरुका भत्ता र प्रत्याभूति, उच्च शिक्षाको सामान्यीकरण आदि सामाजिक सार्वजनिक सेवायुक्त स्तर सबै ठूलो मात्रामा बढ्दै आएका देखिन्छन्।
|