china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्गमा वायुको गुण-स्तरको प्रत्याभूति
    (GMT+08:00) 2008-08-03 19:19:49    

                 पैचिङ्ग तथा यसका वरिपरिका पाँच प्रान्त, स्वायत्त प्रदेश र स्शासित शहरको सँयुक्त प्रयासमा गत जुलाई महिनाको अन्तसम्ममा चीनको राज्य परिषदको अनुमोदनमा लागू भएको "उनान्तीसौं ओलम्पिक खेलकुदमा पैचिङ्गमा वायुको गुण-स्तरको प्रत्याभूति कदम" शीर्षकको नियममा तोकिएका सबै कार्यहरु आधारभूत रुपमा पूरा भइसकेका छन्। चीनको वातावरण संरक्षण मन्त्रालयअन्तर्गत प्रदुषण नियन्त्रण विभागका प्रमुख फांग युआन शंगले आज पैचिङ्गमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

                उहाँका अनुसार ओलम्पिक खेलकुद अवधिमा पैचिङ्गमा वायुको गुण-स्तरलाई सम्बन्धित मापदण्ड अनुकूल गराउने उद्देश्यले पैचिङ्ग शहरको स्थानीय सरकार तथा चीनको वातावरण संरक्षण मन्त्रालयको नेतृत्वमा थेन चिन र ह पै लगाएत पैचिङ्ग वरिपरिका क्षेत्रमा पर्ने पाँच प्रान्त, स्वायत्त प्रदेश र स्वशासित शहरका स्थानीय सरकारहरुले वायु प्रदुषण नियन्त्रण गर्दै आएका छन्।

                ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्गमा वायुको गुण-स्तर राम्रो पार्ने प्रत्याभूतिका लागि चीनका सम्बन्धित् विभागले ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदका अवधिमा खराब मौसममा वायु प्रदुषण नियन्त्रणबारे जरुरी कदम पनि तयार गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040