पैचिङ्ग शहरको विकास तथा सुधार समितिका उप-प्रमुख वांग हाई फिंगले ओलम्पिक खेलकुदको आयोजनाबाट पैचिङ्गको विकास प्रवर्द्धन गरिएको कुरा बताउनुभएको छ। उहाँले आज पैचिङ्ग अन्तर्राष्ट्रिय सूचना केन्द्रमा आयोजित एउटा पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले ओलम्पिक खेलकुदको आयोजनाबाट पैचिङ्गमा आधारभूत प्रबन्धको निर्माण र उपभोगलाई सबल पारिनुका साथै वैदेशिक खुलापन तथा अन्तर्राष्ट्रिय सहयोगलाई पनि अघि बढाइएको छ भन्दै यसले सम्पूर्ण पैचिङ्गबासीलाई हित पुर्याएको कुरा औंल्याउनुभएको छ।
उहाँका अनुसार गत सालमा पैचिङ्ग शहरको कूल आर्थिक परिमाण सात वर्षअघिको तुलनामा एक गुणाले बृद्धि भएको छ भने वार्षिक आर्थिक बृद्धि दर 12.4 प्रतिशत पुगेको छ।
गत केही वर्षयता पैचिङ्गमा व्यवसायको बनौट अझ राम्रो देखिन्छ भने सेवा व्यवसायले गार्हस्थ् उत्पादन परिमाणले सत्तरी प्रतिशतभन्दा बढी ओगटेको छ। पैचिङ्गले हरित ओलम्पिक भन्ने अवधारणालाई सक्रियताका साथ व्यवहारमा उतारेर स्रोतको किफायत तथा फोहोर निष्काशनको नियन्त्रणमा स्पष्टताका साथ प्रगति हासिल गरेको छ।
|