

पैचिंग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज विहान दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको क्वांग आन शहरमा सम्पन्न भयो। स छुआन प्रान्तको क्वांग आन शहर चीनको सुधार तथा खुलापन कार्यका प्रमुख इन्जिनियर तंग स्याऊ फिंगको जन्मथलो हो।

ज्योति रिले कार्यक्रमअघि समस्त व्यक्तिहरुले वन छुआनको शक्तिशाली भूइँचालोमा मारिएका देशबासीहरुप्रति गहिरो श्रद्धान्जलि व्यक्त गर्नका लागि एक मिनेटको मौनधारण गरेका थिए। उक्त रिले कार्यक्रम कूल 7.3 किलोमिटरको दूरीमा भएको थियो।

भालि स छुआनको ल शान शहरमा ज्योति रिले कार्यक्रमको आयोजना हुनेभएको पनि समाचारमा जनाईएको छ ।

|