चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङ्गको ओलम्पिक खेलकुद रंगशाला र सम्बन्धित प्रत्याभूति प्रबन्धको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले विभिन्न प्रत्याभूति कार्यलाई राम्ररी चालेर पैचिङ्ग ओलम्पिक खेलकुदको आयोजनाको क्रममा अन्तर्राष्ट्रिय समाज, विभिन्न देश तथा क्षेत्रबाट आउने खेलाडी र जनतालाई वास्तविक रुपमा सन्तुष्ट पार्नुपर्ने कुरामा जोड दिनुभएको छ।
निरीक्षणका क्रममा प्रधानमन्त्री वन च्या पाउले चीन एउटा जिम्मेवारपूर्ण मुलुक हो भन्दै चीनले ओलम्पिक खेलकुदसम्बन्धी विभिन्न प्रतिबद्धतालाई ध्यानपूर्वक पालना गरी ओलम्पिक खेलकुद र त्यसको विशेषतामा उच्च स्तरको प्रत्याभूति दिने भएको कुरा प्रकट गर्नुभएको छ।
यसका साथै उहाँले ओलम्पिक खेलकुदपछि पैचिङ्गको वातावरण अझ राम्रो हुन सक्ने आशा पनि व्यक्त गर्नुभएको छ।
|