आज बिहान नौ बजेतिर पैचिङ्ग ओलम्पिक खेलकुद ज्योतिलाई स छ्वान प्रान्तको ल शान शहरमा सफलताका साथ घुमाइएको छ।
ल शान शहर ओलम्पिक खेलकुद ज्योति स छ्वान प्रान्तमा घुमाइएको दोस्रो स्थान पनि हो। आजैको ज्योति रिले कार्यक्रम शुरुअघि ततस्थानका सबै व्यक्तिहरुले वन छ्वानमा बिनाशकारी भूकम्पमा मरेका मानिसहरुका लागि एक मिनेट मौनधारण गरेका थिए। आजैको ज्योति रिलेको कूल दूरी आठ दशमलब दुई किलोमिटर रहेको छ। जम्मा एक सय पचासीजना ज्योतिवाहकले त्यस कार्यक्रममा भाग लिएका छन।
भोलि ओलम्पिक खेलकुद ज्योति स छ्वान प्रान्तको अन्तिम मुकाम अर्थात छङ्ग तु शहरमा घुमाइने कार्यक्रम छ।
|