china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुद सुनिश्चित गर्न पैचिङ्ग तत्पर
    (GMT+08:00) 2008-08-04 14:43:45    

              आजदेखि पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन चार दिन मात्र बाँकी छ। पैचिङ्ग शहरका प्रेस प्रवक्ता लिउ चले आज बोल्दै ओलम्पिक खेलकुद सफलताका साथ आयोजना हुने कुरालाई सुनिश्चित गर्नका लागि पैचिङ्ग तत्पर भइसकेको कुरा बताउनुभयो।

              आजै पैचिङ्ग अन्तर्राष्ट्रिय प्रेस केन्द्रद्बारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लिउ चले उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार, गत महिनाको बीस तारिखदेखि पैचिङ्गमा मोटर-गाडी जोर तथा बिजोर संख्या बमोजिम चल्ने र विभिन्न समयमा काम गर्ने आदि नियम लागु भएको छ। यसका साथै पैचिङ्गमा तीनवटा लीग-लाईन तथा ओलम्पिक खेलकुदसम्बन्धी चौंतीसवटा बस-लाइन खोलिएका छन्। यसले गर्दा पैचिङ्गको यातायात अवस्थामा अपेक्षाकृत सुधार देखापरेको देखिन्छ।

               हाल ओलम्पिक खेलकुद नजिकिंदै आएको प्रतीक्षामा पैचिङ्गवासीहरु रहिरहेका छन्। साथै विश्वका विभिन्न ठाउँबाट आउने पाहुनाहरुको स्वागत गर्नका लागि उनीहरु तत्पर रहेको कुरा पनि प्रवक्ता लिउ चले बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040