पैचिंग ओलिम्पिक समितिको आयोजन समितिको अन्तर्राष्ट्रिय सम्पर्क विभागका उपप्रमुख वांग श लिन्ले आज बोल्दै तीन तारीखसम्म पैचिंग ओलिम्पिक खेलकुदमा सहभागी हुन लागेका दुई सय पांच मुलुक वा क्षेत्रका प्रतिनिधि मण्डलमध्ये एक सय अन्ठाउन्न प्रतिनिधि मण्डल ओलिम्पिक गाउँमा बस्न थालेका कुरा बताउनुभयो ।
आज ओलिम्पिक खेलकुदको मुख्य प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा वांग श लिन्ले बोल्दै पैचिंग ओलिम्पिक खेलकुदका अवसरमा दुई सय पांच मुलुक वा क्षेत्रका ओलिम्पिक समितिले ओलिम्पिक गाउँमा बस्नका लागि आ-आफ्नो प्रतिनिधि मण्डल पठाउने कुरा बताउनुभयो । उहांका अनुसार हालसम्म एक सय अन्ठाउन्न प्रतिनिधि मण्डल ओलिम्पिक गाउँमा पसेका छन् । उता ओलिम्पिक खेलकुदको याच्टिंग प्रतियोगितामा सहभागी हुने त्रिसट्ठी प्रतिनिधि मण्डलमध्ये छपन्न प्रतिनिधि मण्डल छिंग ताउको ओलिम्पिक गाउंको शाखामा प्रवेश गरेका छन् । र हंगकंगमा आयोजित इक्वेस्ट्रीयन स्पोर्ट प्रतियोगितामा सहभागी हुने त्रिचालीस् प्रतिनिधि मण्डलमध्ये तेत्तीस प्रतिनिधि मण्डल हंगकंगको ओलिम्पिक गाउंको शाखामा प्रवेश गरेका छन् ।
|