
यस वर्षको मेइ उनान्तीस तारिखका दिनबाट गणना गर्दा पैचिङ प्यारा ओलम्पिक खेलकुद शुरु हुन ठ्याक्कै एक सय दिन बाँकी थियो। त्यस खेलकुद प्रतियोगिता नजिकिंदैआएको सन्दर्भमा आजको पैचिङ 2008 कार्यक्रममा हामी त्यसको तयारी कार्यसम्बन्धी एउटा विस्तृत विवरण सुनौं।
यस वर्षको मे उनान्तीस तारिखका दिन पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष, चिनियाँ प्यारा संघका प्रमुख श्रीमती चांग श्याउ छ्वेनले पैचिङ प्यारा ओलम्पिक खेलकुदको तयारी कार्य सुचारुरुपमा अघि बढिरहेको जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छः
पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले "दुइवटा ओलम्पिक, एउटै बेलामा तिनीहरुको तयार गर्नुपर्ने तथा तिनीहरु दुबैलाई समानरुपमा रोचक पार्नुपर्ने" भन्ने लक्ष्य तर्जुमा गरेको छ। हाल पैचिङ प्यारा ओलम्पिक खेलकुदका लागि रंगशालाहरुको निर्माण कार्य पूरा भइसकेको छ। रंगशालाहरु "सौभाग्य पैचिङ" नामक अनेकन परिक्षण प्रतियोगितामार्फत गम्भीर परीक्षामा उत्तिर्ण भएका छन।
अन्तर्राष्ट्रिय प्यारा ओलम्पिक समितिका अध्यक्ष फिलिप करैभनले पैचिङ प्यारा ओलम्पिक खेलकुदको तयारी कार्यको उच्च मूल्यांकन गर्नुभएको छ। उहाँले प्यारा ओलम्पिक गाउँको डिजाइनमार्फत अपाङ्ग खेलाडीहरुको मागबारे पूर्णरुपमा सोच-विचार गरिएकोमा त्यसको विशेष प्रशंसा गर्नुभएको छ।

पैचिङको प्यारा ओलम्पिक गाउँ इतिहासको सबैभन्दा उच्च स्तरको भएको ठहर मैले गरेको छु। ती आबासहरुको गुणस्तर हेर्दा खेलाडीहरुलाई आफ्नो घरमा बसेको जस्तै लाग्ने विश्वास मैले गरेको छु। अपाङ्ग खेलाडीहरुले आफ्ना सबैभन्दा उत्कृष्ठ अवस्थामा प्रतियोगितामा भाग लिनसक्ने छन।
यस वर्षको मे उनान्तीस तारिखका दिन प्यारा ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा पैचिङ शहरले अनेकन कार्यक्रमहरुको आयोजना गरेको थियो। सोही दिन पैचिङ प्यारा ओलम्पिक खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च पैचिङमा आयोजित भयो। तेह्रवटा मुलुकका बीसजना भन्दा बढी विशेषज्ञहरुले यस मञ्चमा आगामी एक सय दिनमा पैचिङ प्यारा ओलम्पिक खेलकुदको सम्बन्धित कार्य तथा प्यारा कार्यको विकासलाई के-कसरी प्रभावकारीरुपमा अघि बढाउने भन्ने विषयबारे छलफल गर्नुभयो। पैचिङ प्यारा ओलम्पिक खेलकुदको सरकारी वेभ-साइट-(paralympic.beijing2008.cn)पनि सोही दिनदेखि संचालनमा आएको छ। यस वेभ-साइट चिनियाँ तथा अंग्रेजी भाषामा तयार पारिएको छ। यो वेभ-साइट हेर्नेहरुलाई यी दुइवटा भाषामार्फत पैचिङ प्यारा ओलम्पिक खेकलदुका रंगशालाहरु, टिकटहरु, सञ्चार माध्यमको संचालन, यातायात तथा पर्यटनलगायतका विषयहरुबारे जानकारी दिइन्छ। पैचिङ प्यारा ओलम्पिक खेलकुदका अवधिमा यस सरकारी वेभ-साइटले पहिलो समयमा सरकारी खबर, प्रतियोगिताको पछिल्लो परिणाम, पदक-तालिका सार्वजनिक गर्नुका साथै मह्त्वपूर्ण पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण पनि गर्नेछ।

|