china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बेइजिङ्ग ओलम्पिक 2008 मा भाग लिनका लागि आज नेपाली प्रतिनिधिमण्डल काठमाडौँबाट चीन आउँदैछ
    (GMT+08:00) 2008-08-05 16:41:00    

             नेपालको छिमेकी मुलुक चीनमा आगामी साताबाट सुरु हुने 29 औं गृष्मकालीन ओलम्पिकमा भाग लिनका लागि आज राति नेपाली टोली चीन प्रस्थान गर्दैछ। नेपाल ओलम्पिक कमिटिका महासचिव तथा राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव जीवनराम श्रेष्ठले सि.आर.आई.लाई बताउनु भए अनुसार नेपाली टोली काठमाडौँबाट ग्वाङ्चोउ हुँदै भोलि बेइजिङ्ग पुग्नेछ ।

                  शिक्षा तथा खेलकूद मन्त्री प्रदीप नेपालको नेतृत्वमा 26 जनाको नेपाली टोलीले 29 औं गृष्मकालीन ओलम्पिकमा भाग लिँदैछ । 26 जनाको प्रतिनिधिमण्डलमा 8 जना खेलाडीहरु छन् भने अन्यमा प्रशिक्षक, स्वास्थ्यकर्मी तथा सरकारी अधिकारीहरु रहेका छन् । 8 जना खेलाडीले 6 वटा खेलमा भाग लिँदैछन् ।

                 सन् 1964 मा जापानको टोकियोमा भएको 18 औं ओलम्पिकदेखि नेपालले भाग लिन थालेको हो । यो पटकको नेपालको ओलम्पिक यात्रा दुई कुराले अर्थपूर्ण रहेको पर्यवेक्षकहरुले बताउँछन् । नेपालको छिमेकी तथा घनिष्ट मित्रराष्ट्रमा ओलम्पिक आयोजना हुँदा नेपाललाई खुशी लागेको छ र यसबाट नेपाललाई प्रोत्साहन पनि मिलेको छ । नेपाली खेलाडीले राम्रो र कडा तयारी गरेको हुनाले पदक पाउने आशा पनि त्यतिकै रहेको कुरा सदस्यसचिव श्रेष्ठले बताउनुहुन्छ ।

                  बेइजिङ्ग ओलम्पिकमा भाग लिने नेपाली खेलाडीहरुमा दिपक विष्ट, अर्जुन बस्नेत, करिष्मा कार्की, प्रशिद्धजंग शाह, चन्द्रकला थापा, कमलबहादुर अधिकारी, देवु थापा र फूलमाया क्याप्छाकी रहेका छन् । करिष्मा कार्की र प्रशिद्धजंग शाहले पौडी प्रतियोगितामा भाग लिँदैछन् भने भारत्तोलनमा कमलबहादुर अधिकारीले भाग लिँदैछन् । त्यसैगरी अर्जुन बस्नेत र चन्द्रकला थापा म्याराथुनमा भाग लिँदैछन् भने फूलमाया क्याप्छाकीले सुटिङ्गमा भाग लिँदैछिन् । देवु थापा जुडोमा भिड्नका लागि बेइजिङ्ग ओलम्पिकमा जाँदैछिन् भने दीपक विष्टले तेक्वान्डोमा भाग लिने भएका छन् ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040