अन्तर्राष्ट्रिय ओलम्पिक समितिका मानार्थ अध्यक्ष चुआन आन्टोनिव सामारान्चले आज पैचिङ्ग विश्व विद्यालयमा भाषण दिंदै पैचिङ्ग ओलम्पिक खेलकुदको पूर्ण सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सो अवसरमा उहाँले चीनको सफलता नै मेरो आफ्नो सफलता हो भन्नुभयो।
यसका साथै उहाँले पैचिङ्ग ओलम्पिक खेलकुद अवश्य नै पूर्ण सफल हुने विश्वास व्यक्त गर्दै चीनका लागि मात्र होइन ओलम्पिक खेलकुदका लागि यो एउटा ऐतिहासिक एवम् भव्य समारोह हुने कुरा औंल्याउनुभएको छ।
|