
आगामी आठ तारिख राति आयोजित हुने ओलम्पिक खेलकुदको उद्धाटन समारोहमा चीनका प्रसिद्ध गायक लिउ व्हान तथा बेलायती प्रशिध्द गायिका साराह ब्राइटम्यानले पहिलो पटक खुला रुपमा पैचिङ्ग ओलम्पिक खेलकुदको मुख्य शिर्षक गीत गाउनुहुने कार्यक्रम रहेको छ। पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिअन्तर्गत उद्धाटन तथा समापन समारोहसम्बन्धी कार्यकारी विभागका प्रमुख चाङ्ग ह फिङ्गले आज पैचिङ्गमा उक्त जानकारी दिनुभएको हो।
आजै ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्री चाङ्ग ह फिङ्गले उद्धाटन समारोहको सांस्कृतिक कार्यक्रमको अन्त्यमा उक्त मुख्य शिर्षक गीत पहिलो पटक गाइने कुरा बताउनुभएको छ। तर उहाँले त्यस गीतको नामलाई सार्वजनिक गर्नुभएको छैन।
यस वर्ष पैंतालीस वर्षको उमेरका गायक लिउ व्हान चीनका एकजना लोकप्रिय गायक हुनुहुन्छ भने लण्डनमा जन्मनुभएकी साराह ब्राइटम्यान विश्वकै उच्चस्तरीय गायिका हुनुहुन्छ।
|