पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन तथा विसर्जन समारोह कार्य विभागका प्रमुख चांग ह फिंगले आज पैचिङमा बोल्दै पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको तयारी कार्य पूरा भइसकेको कुरा वताउनुभयो।
पैचिङ ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा श्री चांग ह फिंगले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ समय अनुसार अगष्ट आठ तारिख बेलुकी आठ बजे पैचिङ ओलम्पिक खेलकुदको मुख्य रंगशाला-राष्ट्रिय रंगशाला बड्स नेस्टमा औपचारिक रुपमा शुरु हुने छ। त्यो उद्घाटन समारोह तीन घण्टा तीस मिनेटसम्म चल्नेछ। पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको सांस्कृतिक कार्यक्रमको नाम "सुन्दर ओलम्पिक" रहेको छ। सांस्कृतिक कार्यक्रमको अन्तमा चीनका प्रसिद्ध गायक लिउ ह्वान तथा बेलायतका प्रसिद्ध गायिका साराह बराइटम्यानले संयुक्त रुपमा पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको प्रमुख गीत गाउनुहुनेछ।
|