
आज दिउँसो पैचिङमा भएको ओलम्पिक पवित्र ज्योति रिले कार्यक्रमको पहिलो दिन सम्पन्न भयो।

आज विहान आठ बजेतिर ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम अन्तर्गत पैचिङ मुकामको कार्यक्रम कु कौंगको वु मन चोकबाट शुरु भएको हो। ओलम्पिक ज्योति पैचिङका सात वटा शहरी क्षेत्रमा रिले भएको छ। त्यसको कुल लम्बाई सोह्र दशमबल चार किलोमिटर छ भने जम्मा चार सय तेंतीस जना ज्योतिवाहकहरुले रिले कार्यक्रममा भाग लिनुभएको छ।

ओलम्पिक ज्योति रिले कार्यक्रम पैचिङमा तीन दिनसम्म चल्नेछ। भोली ओलम्पिक ज्योतिको रिले कार्यक्रम येन छिंग, छांग फिंग तथा ह्वाइ रौ लगायत आठ वटा जिल्लातथा क्षेत्रमा जारी राखिनेछ।

|