अन्तर्राष्ट्रिय ओलम्पिक समितिका कार्यकारीणी सदस्य अर्थात् सिंगापूरका नागरिक सेर म्याङ्ग नङ्गले आज पैचिङ्ग ओलम्पिक गाउँको स्वागत कार्यको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले आजै हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै उक्त सराहना गर्नुभएको हो।
श्री सेरका अनुसार, पैचिङ्ग ओलम्पिक गाउँ आफू सहभागी भएका ओलम्पिक खेलकुदमध्येमा सबैभन्दा राम्रो ओलम्पिक गाउँ हो। सराहना गर्नलायक कुरा के छ भने पैचिङ्ग ओलम्पिक गाउँको स्वागत कार्य निकै निष्ठापूर्ण भएकाले खेलाडीहरु आफ्नो घर भएको अनुभव गर्नसक्छन।
प्राप्त जानकारी अनुसार, सिंगापूरले जम्मा पच्चीसजना खेलाडीलाई पठाएर यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागी गराएको छ। उनीहरुले छ किसिमका प्रतियोगितामा भाग लिने कार्यक्रम रहेको छ।
|