टर्कीको ओलम्पिक समितिका अध्यक्ष टोकै बायाटलिले आज पैचिङमा बोल्दै पैचिङ ओलम्पिक खेलकुदका विभिन्न तयारी कार्य निकै उत्कृष्ठ रहेको छ भने पैचिङ ओलम्पिक सारा विश्वको प्रतिक्षामा रहेको कुरा वताउनुभयो।
आज दिउँसो टोकै बायाटलि तथा टर्की प्रतिनिधि मण्डलका केही पदाधिकारी तथा प्रशिक्षक पैचिङ आइपुग्नुभयो। विमान स्थलमा हाम्रा सम्वाददातासँग कुराकानी गर्दै उहाँले पैचिङ ओलम्पिक खेलकुदका विभिन्न तयारी कार्य सन्तोषजनक रहेको कुरा वताउनुभयो।
|