केही विदेशी सञ्चार माध्यमहरुले हालै लेखहरु प्रकाशित गर्दै पैइचिङ्ग ओलम्पिक खेलकुदको तयारी कार्यको प्रशंसा गर्नुका साथै पेइचिङ्ग ओलम्पिक खेलकुद सफलताका साथ आयोजनाका लागि शुभकामना व्यक्त गरेका छन्।
अमेरिकाको समाचार-पत्र "न्यूयोर्क टाइम्स ' मा प्रकाशित "जर्ज डब्लु बुश खेलप्रेमीका लागि पेइचिङ्गतर्फ प्रस्थान"शीर्षकको लेखमा अमेरिकी राष्ट्रपति बुश अमेरिकी राष्ट्रपतिको रुपमा विदेशमा आयोजित ओलम्पिक खेलकुदमा भाग लिनुभएको पहिलो ब्यक्ति हुनुहुन्छ भनिएको छ । श्री बुशको भनाइलाई उद्बृत गर्दै वाशिङट्न पोस्टले श्री बुश पेइचिङ्ग जानुभएको उद्देश्यमध्ये चिनियाँ जनताहरुप्रतिको सम्मान नै मुख्य हो भनिएको छ ।
त्यसैगरी जोर्डनको समाचार-पत्र अल् राइले अस्ति "पेइचिङ्ग ओलम्पिक खेलकुदमा सबैभन्दा ठूलो विजयी चीन बन्ने"शीर्षकको लेख प्रकाशित गर्दै चीनमा पेइचिङ्ग ओलम्पिक खेलकुद सफलताका साथ आयोजना हुने कारणले विश्वका विभिन्न स्थानका मानिसमा चीनबारेको जानकारी कम भएका कारण चीनप्रतिको गलत बुझाइलाई परिवर्तन गर्ने कुरा बताएको छ।
|