माडगास्करका राष्ट्रपति मार्क राशालो मानाना, संघीय स्विट्जल्याण्डका अध्यक्ष पास्कल कौचेपिन, न्यूजिल्याण्डका राज्यपाल जनरल आनन्द सत्यानन्द, चाडका प्रधानमन्त्री योसुफ साल अब्बास आज बिहान पैचिंग पुगी पैचिंग ओलम्पिक खेलकुदको उद्घाटन समारोह र सम्बन्धित गतिविधिहरुका सहभागी हुनुहुने कार्यक्रम छ।
आज बिहान सबेरै मालीका राष्ट्रपति अमद तौमनी तौर, स्पेनका युवराज फिलिप द बर्बोन वाइ ग्रेसिया, बेल्जियमका युवराज फिलिप लीउपोल्ड लुइस मेरी पनि पैचिंग आइपुग्नुभएको छ ।
थाहा भएअनुसार, पैचिंग राजधानी विमानस्थलले पचासभन्दा बढी मुलुकका राष्ट्रपतिहरु, राष्ट्रानायक तथा सरकार प्रमुखहरु अन्तर्राष्ट्रिय अतिथिहरुलाई स्वागत गर्ने छ। ती अन्तर्राष्ट्रिय अतिथिहरु भोलि पैचिंग ओलम्पिक खेलकुदमा सहभागी हुनुहुने छ।
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश, रुसी प्रधानमन्त्री भ्लादमिर पुटिन, अफगानिस्तानका राष्ट्रपति हामिद कार्जाइ, इजरायली राष्ट्रपति शिमोन फेरेस, क्रोएसियाका राष्ट्रपति सेन्ट जेपन मेसिक, रुमानियाका राष्ट्रपति रेइन बासेस्कु, भियतनामका अध्यक्ष नुएन मिन ट्रिएत, थाइल्याण्डका प्रधानमन्त्री समक सन्तोराभेज, थाइल्याण्डकी राजकुमारी महा चक्री सिरिन्धरण आदि अन्तर्राष्ट्रिय अतिथिहरु आज पैचिंग आइपुग्नुहुने कार्यक्रम छ ।
|