सिन्ह्वा समाचार समितिका अनुसार, सात तारिखका दिन 50 वटाभन्दा बढी मुलुकका राष्ट्रपति, सरकार प्रमुख आदि अन्तर्राष्ट्रिय अतिथिहरु पैचिङमा आएर आठ तारिखका दिनमा आयजित हुने पेइचिङ 2008 ओलम्पिक खेलकुद समारोहको उदघाटन समारोहलगायत अन्य कार्यक्रमहरुमा सहभागि हुनुहने छ।
आज विहान सबैरै माडगास्करका राष्ट्रपति मार्क राशालो मानाना, संघीय स्विट्जल्याण्डका अध्यक्ष पास्कल कौचेपिन, न्यूजिल्याण्डका राज्यपाल जनरल आनन्द सत्यानन्द, चाडका प्रधानमन्त्री योसुफ साल अब्बास पैचिंगमा आईपुग्नुभएको छ।
थाहा भए अनुसार , अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश, रुसी प्रधानमन्त्री भ्लादमिर पुटिन, अफगानिस्तानका राष्ट्रपति हामिद कार्जाइ, इजरायली राष्ट्रपति शिमोन पेरेज, क्रोएसियाका राष्ट्रपति सेन्ट जेपन मेसिक, रुमानियाका राष्ट्रपति रेइन बासेस्कु, भियतनामका अध्यक्ष नुएन मिन ट्रिएत, थाइल्याण्डका प्रधानमन्त्री समक सन्तोराभेज, थाइल्याण्डकी राजकुमारी महा चक्री सिरिन्धरणसमेतका अन्तर्राष्ट्रिय अतिथिहरु पनि आजै पैचिंग आइपुग्ने कार्यक्रम रहेको छन् ।
|