भोलि आयोजना गरिने पैचिङ्ग ओलम्पिक खेलकुदको उद्घाटन समारोहको मार्च पासमा प्रजातान्त्रिक जन गणतन्त्र कोरिया र गणतन्त्र कोरियाले छुट्टा छुट्टै रुपमा भाग लिने छन भने सिड्नी र यथेन्स ओलम्पिक खेलकुदमा जस्तै सँयुक्त रुपमा कोरियाली प्रायद्बीपको झण्डा उठाएर मार्च पासमा भागनलिने भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक रोगेले आज पैचिङ्ग ओलम्पिक खेलकुदको मुख्य सूचना केन्द्रमा उक्त कुरा बताउनुभएको हो।
श्री रोगेले यसप्रति आफूलाई निकै अफसोस लागेको छ भन्दै यसका लागि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले अथक प्रयास गरेतापनि विफल भएको कुरा औंल्याउनुभएको छ। उहाँका अनुसार यी दुइ देशका आ-आफ्नो ओलम्पिक खेलकुद समितिले सिड्नी र यथेन्स ओलम्पिक खेलकुदमा जस्तै सँयुक्त रुपमा झण्डा उठाएर मार्च पासमा भाग लिने कुराको अस्वीकार गरी सम्बन्धित सम्झौता पनि सम्पन्न गराएका थिए। तर दुइ देशका सरकारले यसलाई अस्वीकार गरेका थिए।
श्री रोगे आफैंले यी दुइ देशका नेतागणलाई पत्र पठाएको तर अन्तमा यसलाई सफल पार्न नसकेको कुरा बताउनुभएको छ।
|