
पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज पैचिङ्गका आठ वटा कछाड क्षेत्रमा सम्पन्न भयो।

आजको कार्यक्रममा सहभागि दुइ सय अठसठी जना ज्योतिवाहक प्रतिनिधिले लगभग पन्ध्र किलोमिटरको दूरीमा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई घुमाउनुभयो।

पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति पैचिङ्गमा तीन दिनसम्म चल्ने कार्यक्रम छ। भोलि अर्थात अन्तिम दिनको रिले कार्यक्रमपछि पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई उद्घाटन समारोह आयोजना हुने राष्ट्रिय रंगशालामा पुर्याइने कार्यक्रम रहेको छ।

|