china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोह सम्पन्न
    (GMT+08:00) 2008-08-09 00:28:51    

                 पैचिङ्ग ओलम्पिक खेलकुद हिजो अगष्ठ आठ तारिखका दिन बेलुका आठ बजेतिर पैचिङ्गमा शुरु भयो। सो उद्‍घाटन समारोहलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक रोगेले सम्बोधन गर्नुभएको थियो। चीनका राष्ट्राध्यक्ष हु चिन थाउले यस पटकको ओलम्पिक खेलकुद समारोह शुरु भएको घोषणा गर्नुभएको थियो।

                 यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदले ओलम्पिक खेलकुदको इतिहासमा केही नयाँ रेकर्ड सिर्जना गरेको छ।

                 ओलम्पिक खेलकुदका दुई सय पाँच सदस्यबाट पठाइएका दुई सय चार प्रतिनिधि मण्डलले आजको उद्‍घाटन समारोहमा भाग लिएका छन्। अमेरिकी राष्ट्रपति, जापानी प्रधानमन्त्री र फ्रान्सेली राष्ट्रपति लगायत विश्वका असीभन्दा बढी विशिष्ट राजनीतिज्ञहरु पनि हिजोको उद्‍घाटन समारोहमा सहभागी हुनुभएको छ। चीन सरकारद्बारा सार्वजनिक गरिएको तथ्याँकअनुसार यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिन आएका खेलाडीहरुको संख्या एघार हजारभन्दा बढी पुगेको छ। यसबारे समाचार संकलन गर्न चीन आएका पत्रकारहरुको संख्या तीस हजारभन्दा बढी पुगेको छ। यी संख्याहरुले ओलम्पिक खेलकुद तथा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहको सम्बन्धित पुराना रेकर्डलाई पनि तोडेका छन्।

                 चीनका प्रसिद्ध चलचित्र निर्देशक चांग यी मौले हिजोको उद्‍घाटन समारोहको सांस्कृतिक कार्यक्रमका प्रमुख निर्देशक हुनुहुन्छ। लगभग एक घण्टासम्म चलेको सांस्कृतिक कार्यक्रमको नाउँ "रमणीय ओलम्पिक" भन्ने रहेको थियो। श्री चांग यीका अनुसार मौका अनुसार यस पटकको कार्यक्रममा चिनियाँ संस्कृतिको विशेषता र ओलम्पिक खेलकुदको भावनालाई जोडेर विश्वसमक्ष मित्रता तथा मेलमिलापको धारणा स्पष्ट पारेको देखाइएको छ।

                 ओलम्पिक खेलकुदको आयोजना विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको मुलुकमा गरिएको यो पहिलो अवसर हो। एशियाली मुलुकमा आयोजना गरिएको यो तेस्रो पटक हो । पैचिङ्ग ओलम्पिक खेलकुद यस महिनाको चौबीस तारिखका दिनसम्म चल्ने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040