|
विश्वको आकर्षण भएको पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह हिजो बेलुकी भव्यताका साथ शुरु भयो। महान तथा उत्कृष्ठ उद्घाटन समारोहले विदेशी संचार माध्यमद्वारा गरिएको पुर्ण प्रशंसा पाएको छ। उद्घाटन समारोहले चीनको परम्परागत संस्कृतिबारे पूर्ण रुपमा प्रकाश पार्नुका साथै पैचिङ ओलम्पिक खेलकुद मानिसहरुको प्रतिक्षामा भएको कुरा तिनीहरुले उल्लेख गरेका छन।
भारतका संचार माध्यमहरुले हिजो पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहबारे सर्वोतोमुखी समाचार संकलन गरेका छन। भारतका धेरै वटा टेलिभिजन स्टेशनले त्यसबारे प्रसारण पनि गरेका छन। तिनीहरुले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह महान तथा रोचक रहेको प्रशंसा गर्नुका साथै त्यसले चीनको उत्कृष्ठ परम्परागत संस्कृति तथा पूराना सभ्यताको पूर्ण रुपमा प्रदर्शन गरेको कुरा उल्लेख गरेका छन।
इन्डोनेशियाको "अन्तर्राष्ट्रिय डेली"ले आज एउटा टिपणी लेख प्रकाशित गर्दै पैचिङ ओलम्पिक खेलकुद भव्यताका साथ शुरु भएकोमा त्यसलाई बधाई व्यक्त गरी ओलम्पिक खेलकुदले विश्व सामू चीनको नयाँ छवी देखाउने ठहर गरेको छ।
त्यसै गरी बुल्गेरिया, ब्राजिल, सेलभिया लगायत मुलुकहरुका रेडियो स्टेशन तथा टेलिभिजन स्टेशनले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको प्रसारण गरेका छन। तिनीहरुले उद्घाटन समारोह निकै रोचक रहेको र त्यसले चीनको उत्कृष्ठ संस्कृति तथा निरन्तर रुपमा विकसित हुंदै आएको आर्थिक तथा राजनीतिक शक्ति अभिव्यक्ति गरेको ठहर गरेका छन।
|