china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशका दर्शकहरु तथा सञ्चार माध्यमहरुद्वारा पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको प्रशंसा
    (GMT+08:00) 2008-08-09 19:13:54    

          हिजो बेलुकी चीनका प्रसिद्ध चलचित्र निर्देशक चांग यी मौको निर्देशनमा रहेको पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहले पैचिङ ओलम्पिक पार्कस्थित राष्ट्रिय रंगशाला-बड्स नेस्टमा भव्यताका साथ साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो। महान तथा उत्कृष्ठ भएको उद्घाटन समारोहले तत्स्थानका नव्वे हजार जना दर्शकहरुलाई प्रभावित गरेको छ भने विदेशी दर्शकहरु तथा संचार माध्यमहरुद्वारा गरिएको प्रशंसा पनि निकै धेरै रहेको छ।

              दर्शकहरुको बाजामा उनान्तिसौं ओलम्पिक खेलकुदको उद्घाटन समारोह सम्बन्धी गर्भमा रहेका कार्यक्रमहरु क्रमश: सार्वजनिक गरिएको थियो। ओलम्पिक खेलकुदको आयोजना गर्न कति समय बाँकी रहेको घडीदेखि उत्कृष्ठ संस्कृति तथा उज्यालो युगबाट गठित सांस्कृतिक कार्यक्रम पार गरी अन्तमा प्रमुख ओलम्पिक ज्योति बालेकोसम्म उद्घाटन समारोहको प्रक्रिया बीचको घनिष्ठ सम्बन्ध रहेको छ भने त्यसले दर्शकहरुलाई धेरै प्रभावित पारेको छ।

              सुश्री नाकागावा मिहोको जापानको टोकियोले 2016 को ओलम्पिक खेलकुदको आयोजना गर्न आबेदन समिति अन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रमुख हुनुहुन्छ। उहाँले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको उच्च ध्यानाकर्षण भएको विचार व्यकत गर्नुका साथै त्यसको उच्च मूल्यांकन पनि गर्नुभएको छ।

              यो सांच्चि नै एउटा निकै रोचक उद्घाटन समारोह हो। त्यसले दर्शकहरुलाई चीनको शक्ति अनुभव गराउनसक्छ। सम्पूर्ण प्रदर्शनले चीनको विशेष पूराना इतिहास तथा पौरणिक कालदेखिको सांस्कृति अभिव्यक्त गरेको छ। यो निकै रोचक छ। अन्तमा विश्वका खेलाडीहरु भेला भएको बेलामा ओलम्पिक खेलकुद मानिस र मानिस बीचको आदान-प्रदान गर्ने भव्य समारोह हो।

              स्पेनको बार्सेलोनाको समाचार पत्रका एक जना सम्वाददाता गरासिआन साउराले भन्नुभयो,

             मलाई निर्देशक चांग यी मौले कौशलता प्रस्तुत गर्नुभएको लागेको छ। केही विषय मलाई अचम्म लागेको छ। यसअघि मैले धेरै समारोह देखेको थिएँ। तथापि ती समारोहहरु यस्तो उच्च स्तरमा पुगेको छैन। मलाई यो उद्घाटन समारोहलाई धेरै मन पर्छ। उदाहरणका लागि शुरुमा डमरुको स्वरको साथमा ओलम्पिक खेलकुदको आयोजना कति समय बाँकी रहेको घडी र चीनको लिपी कलाले चीनको संस्कृतिको प्रतिनिधित्व गरेको छ।

              सिड्नी ओलम्पिक खेलकुदको पुरुष ट्राम्पोलिन जिम्नास्टिक प्रतियोगिताका स्वर्ण पदकका विजेता तथा यथेन्स ओलम्पिक खेलकुदका रजत विजेता,रुसका खेलाडी एलिक्जन्दर मोस्कालेन्कोले भन्नुभयो,

              उद्घाटन समारोहको शुरुवातदेखि अन्तसम्म म प्रभावित भएँ। डमरु बादकहरुको प्रदर्शनदेखि ली निंगले प्रमुख ज्योतिलाई बाल्नुभएसम्म सम्पूर्ण प्रक्रिया निकै रोचक छ। पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह वितेका ओलम्पिक खेलकुदमध्येको सबैभन्दा सुन्दर उद्घाटन समारोह भएको विश्वास मैले गरेको छु।

              श्री साइद एल मालिकि ओमन टेलिभिजन स्टेशनको खेलकुद च्याइनलका निर्देशक हुनुहुन्छ। विदेशमा भएको पैचिङ ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रममा उहाँ आनका एक जना ज्योतिवाहक बन्नुभएको थियो। त्यसै कारण पैचिङ ओलम्पिक खेलकुदप्रति उहाँको विशेष घनिष्ठ भावना रहेको छ। उहाँले भन्नुभयो,

              यो समारोह धेरै रोचक छ। उद्घाटन समारोह हेर्न हामीलाई गदगद लागेको छ। चीन एशियाको एउटा मुलुक भएको कारण चीनको सफलता हामीसँग घनिष्ठ सम्बन्ध छ। हामी चीनलाई धन्यवादका साथै शुभकामना व्यक्त गर्छौं।

              इराकको टेलिभिन स्टेशनको खेलकुद च्याइनलका निर्देशक मोहामेद खलाफले भन्नुभयो,

              हामीले अनुमान गरेको जस्तै यो समारोह धेरै आकर्षित छ। समस्त विश्वका लागि एउटा रोचक समारोहको आयोजना गर्न चीनले प्रशस्त अनुभव तथा जनधन लगाएको छ। ती चार घण्टामै निकै रोचक रहेको थियो र हाम्री मग् मस्त भएर त्यसमा परिरहेका थियौं त्यस बेला हामीले समय वितेको कुरा थाहानै पाएनौं।

              ओलम्पिक खेलकुदको प्रमुख ज्योति बाल्ने तरिका दर्शकहरुले सबैभन्दा बढी ध्यान दिएका विषयहरुमध्येको एक हो। पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको ज्योति बाल्ने तरिकामा नयाँ विचार प्रयोग गरिएको छ। रुसका एक जना व्यापारी भलादिमिर मार्कारोभले भन्नुभयो,

              मेरो विचारमा पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले श्री लि निंगलाई ज्योति बाल्ने व्यक्तिको रुपमा छनौट गरेको ठीक छ। ज्योतिलाई त्यस तरिकाले बालेको हामीले कहिल्य पनि देखेका थिएनौं। त्यसले मलाई सबैभन्दा गहिरो छाप पारेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040